दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकामा आयोजना गरिएकोे आँखा शिविरमा ६४ जना मोतियाविन्दुका बिरामीको निशुल्क शल्यक्रिया गरिएको छ ।
यही मंसिर १६ गतेदेखि आजसम्म सञ्चालन गरिएको शिविरमा ६४ जना मोतियाविन्दुका बिरामीको निशुल्क शल्यक्रिया गरिएको हो । गाउँपालिकाको आयोजना तथा नेपाल नेत्रज्योति संघ, किर्तिपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा मंसिर १२ गतेदेखि १५ गतेसम्म सञ्चालित शिविरमा १ सय ३० जना मोतियाविन्दुका विरामी फेला परेका थिए । त्यसमध्ये ६४ जना मोतियाविन्दुका विरामीको निशुल्क शल्यक्रिया सफल भएको गौरीशंकर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख एवम् सूचना अधिकारी बसन्तराज रेग्मीले जानकारी दिनुभयो ।
उहाँका अनुसार शिविरमा मोतियाविन्दु देखिएका विरामीमध्ये आधा भन्दा बढीको निशुल्क शल्यक्रिया भएको छ । गौरीशंकरको मन्थली, गुरुम्फी, झ्याँकु र जुँगुमा सञ्चालन गरिएको आँखा शिविरमा मोतियाबिन्दुको शल्यक्रियाका लागि वरिष्ठ नेत्र विशेषज्ञ डा.एरिक बैद्यको नेतृत्वमा ९ सदस्यीय डाक्टरको टोली खटिएको थियो । 










