images
images

सिन्धुपाल्चोकमा अटो दुर्घटना हुँदा एक पुरुष गम्भिर घाईते

  • १८ मंसिर २०८०, सोमबार १५:३१

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा अटो दुर्घटना हुँदा एक पुरुष गम्भिर घाईते भएका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिका–५ का ४५ वर्षिय मान बहादुर तमाङ अटो दुर्घटनामा परी गम्भिर घाईते भएका हुन् । ना २ ह ४५१४ नम्बरको अटो पार्किङ गर्ने क्रममा सडकबाट करिव १ सय मिटर तल खसेको थियो । दुर्घटनामा परी गम्भिर घाईते भएका तमाङको चौतारा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।