images
images

नेकपा महासचिव विप्लव सहित उच्च नेताहरु विरुद्ध पक्राउ पूर्जी जारी

  • १८ मंसिर २०८०, सोमबार १६:५९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव सहित उच्च नेताहरु विरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

जिल्ला अदालत काठमाडौंले आज विप्लव सहित उच्च नेताहरु विरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । उनीहरु विरुद्ध जिल्ला अदालत काठमाडैंमा २०७६ असोज ९ गते राज्यविरुद्धको कसुर सम्बन्धी मुद्धा दायर भएको थियो । २०८० मंसिर १० गतेको आदेश अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ५८ (१३) अनुसार ३५ दिनको पक्राउ पूर्जी जारी गरिएको अदालतको सूचनामा उल्लेख छ ।

विप्लव सहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा, अखिल नेपाल किसान महासंघका क्रान्तिकारी अध्यक्ष राजु कार्की विरुद्ध ३५ दिने पक्राउ पूर्जी जारी भएको हो ।