images
images

रुसी सेनामा आवद्ध दोलखाका एक सहित ६ जनाको मृत्यु भएको पुष्टि

  • १८ मंसिर २०८०, सोमबार १७:४१

काठमाडौं । परराष्ट्र मन्त्रालयले रुसी सेनामा आवद्ध भएका दोलखाका एक सहित ६ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ ।

मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै दोलखाको मेलुङ गाउँपालिका–६ का राजकुमार रोक्का, स्याङजा पुतलीबजार–५ का प्रितम कार्की, इलाम–५ का गंगाराज मोक्तान, कपिलबस्तुका रुपक कार्की, कास्कीका देवान राई र गोरखाका सन्दीप थपलियाको मृत्यु भएको पुष्टि गरेको हो । परराष्ट्र मन्त्रालयले रुस–युक्र्रेन युद्धमा मारिएका ६ जना नेपालीको शव पठाउन रुस सरकारसँग अनुरोध गरेको छ । विज्ञप्ति मार्फत मृतकको शव नेपाल पठाउन र पीडित परिवारलाई क्षतिपुर्ति दिन अनुरोध गरिएको छ ।

कात्तिक २९ गते एकैदिन दोलखाका एक सहित तीन जनाको मृत्यु भएको थियो भने त्यसअघि ३ जनाको मृत्यु भएको छ । लामो समयदेखि रुस र युक्र्रेनबीच युद्ध जारी छ । युद्धका कारण दुवै देशले बाहिर देशका युवाहरुलाई समेत सेनामा भर्ना लिइरहेका छन् । आकर्षक तलव पाउने प्रलोभनमा रुस र युक्र्रेनमा पुगेकामध्ये हालसम्म ६ जना नेपालीको मृत्यु भएको हो । मृत्यु भएकामध्ये अधिकांशले शव ल्याउन सक्ने सम्भावना नदेखेपछि कुशको शव बनाएर दाहसंस्कार गरेका छन् ।