images
images

नेपालीलाई रुस जान रोक, सेनामा भर्ती भएका नेपाली फिर्ता गर्न रुसी सरकारलाई पत्र

  • १८ मंसिर २०८०, सोमबार १७:५८

काठमाडौं । सरकारले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई तत्काल नेपाल फर्काउन रुस सरकारलाई पत्र पठाएको छ ।

परराष्ट्र मन्त्रालयले आज रुस सरकालाई पत्र पठाउँदै तत्काल नेपाली फिर्ता गर्न आग्रह गरेको हो । रुसी सेनामा कम्तीमा ५ सय जना नेपाली भर्ना भएको अनुमान गरिएकोे छ । साथै नेपालले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न समेत अनुरोध गरेको छ । नेपालले भारत र बेलायतसँग मात्रै सेनामा भर्ती गर्न पाउने सम्झौता छ ।

सरकारले नेपालीलाई रुस जान पनि रोक लगाएको छ । अब सरकारी कामकाज, रुसी सरकारको छात्रबृत्ति तथा पेसा व्यवसायमा संलग्न भएकाहरुलाई बाहेक अन्य सर्वसाधरण नागरिकलाई रुस यात्रा गर्न रोक लगाइएको हो । रुस जानुपरेमा परराष्ट्र मन्त्रालय अन्र्तगतको कन्सुलर सेवा विभागबाट एनओसी लिनु पर्नेछ ।