काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतताल भर्ना हुनुभएको छ ।
उहाँ प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना हुनुभएको हो । राष्ट्रपति पौडेललाई आव विहानै उपचारार्थ भर्ना गरिएको अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डा. घनश्याम गुरुङले जानकारी दिनुभयो ।