images
images

चीनसँग ‘बीआरआई सहकार्य फ्रेमवर्क’ सम्झौता, अनुदानको स्थानमा सहायता राख्ने सहमति

  • १९ मंसिर २०८१, बुधबार १३:२३

काठमाडौँ । नेपाल र चीन सरकारबीच फ्रेमवर्क अफ बेल्ट एण्ड रोड कोअपरेसन मा हस्ताक्षर भएको छ ।

आज चीनको बेईजिङमा आयोजित विशेष समारोहमा नेपाल सरकार र चीन सरकारबीच बेल्ट एवम् रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको हो । चीनले प्रस्ताव गरेको बीआरआई कार्यान्वयन योजनाको विकल्पमा नेपालले प्रस्तुत गरेको ‘फ्रेमवर्क अफ बेल्ट एण्ड रोड कोअपरेसन’ मा हस्ताक्षर भएको छ ।

फ्रेमवर्ककको भाषामा अनुदानको स्थानमा सहायता शब्द राखेर सहमति भएको बताईएको छ । सहायता अन्र्तगत चीनले विभिन्न देशलाई दिँदै आएको सहुलियतपुर्ण ऋण नेपालले पनि पाउन सक्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बीआरआई सम्झौतालाई सर्वाधिक चासोका साथ हेरिएको थियो ।