images
images

पत्रकार महासँघको निर्वाचनमा ६ संगठनको मोर्चाबन्दी

  • १९ मंसिर २०८१, बुधबार १३:४६

काठमाडौँ । नेपाल पत्रकार महासँघको निर्वाचनमा पत्रकारको ६ संगठनबीच मोर्चाबन्दी हुने भएको छ ।

६ संगठनले पत्रकार महासँघको आसन्न निर्वाचनमा सहमति नजुटे प्यानल बनाएर जाने सहमति गरेका हुन् । वाम प्रगतीशील खेमाका ६ संगठनले आज संयुक्त आह्वान जारी गर्दै महासँघको निर्वाचनमा सहमतिलाई पहिलो प्राथमिकतामा राख्ने र सहमति नभए एउटै मोर्चाका रुपमा अघि बढ्ने जनाएको छ । सहमतिय अभ्यासका साथ नेतृत्व निर्माण गर्ने कुरामा आँफुहरु प्रतिवद्ध भएको भन्दै ६ संगठनले सहमतिमा नेतृत्व निर्माणका लागि प्रेस युनियन र प्रेस चौतारी नेपालको ध्यानाकर्षण गराएका छन् ।

६ संगठनले पत्रकार महाँसघको निर्वाचन घोषित मितिमै सम्पन्न गर्न माग गर्दै सदस्यताको विषयलाई लिएर विभिन्न जिल्ला शाखाका कार्यालयमा भएका तालाबन्दीको समस्या समाधान गर्नका लागि जिम्मेवार बन्न नेतृत्वलाई आग्रह गरेका छन् ।