images
images

भुटानका राजा शुक्रबार नेपाल आउँदै

  • १९ मंसिर २०८१, बुधबार १५:२०

काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक शुक्रबार नेपाल आउनु हुने भएको छ ।

उहाँ यही मंसिर २१ गते शुक्रबार काठमाडौ आउन लाग्नु भएको हो । खेसार नाम्ग्याल वाङचुक बिहीबारदेखि भारतको औपचारिक भ्रमणमा सकेर केहीबेरका लागि काठमाडौंं आउनु लाग्नु भएको हो । भुटानी राजा केही घण्टा काठमाडौं विमानस्थलमा रोकिने भएपछि काठमाडौंमा आवश्यक सुरक्षा तयारी अघि बढाइने भएको छ । उहाँको सुरक्षाका लागि नेपाली सेनाले अभ्यास समेत गरेको छ ।

उहाँ एक घण्टाको लागि नेपालमा रहे पनि कसैसँग औपचारिक भेटघाटको कार्यक्रम नरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।