सिरहामा कांग्रेस जिल्ला सभापति रामचन्द्र यादवलाई गोली हान्ने धम्की दिएका एसपी हीराबहादुर पाण्डेलाई पदबाट निलम्बन गरिएको छ।
प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरका अनुसार प्रहरी प्रधान कार्यालयले विवादित एसपी पाण्डेलाई मंगलबार ३ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको हो।
सिरहा प्रहरी प्रमुख रहेका एसपी पाण्डेलाई त्यहाँबाट सरुवा गर्दै प्रहरी प्रधान कार्यालयले हेडक्वार्टर तानेपछि आक्रोशित उनले यसको दोष कांग्रेसका जिल्ला सभापति यादवलाई लगाउँदै मार्ने धम्की दिएका थिए।