images
images

शेखर कोइरालाले बोलाए आफ्नो गुट बैठक

  • २१ पुष २०७८, बुधबार ०४:५८

शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । नेपाली कांग्रेसको हालै सम्पन्न १४औं महाधिवेशनमा पराजित सभापतिका उम्मेदवार कोइरालाले बैठक बुधबार (आज) दिउँसो २ बजेपछि अनामनगरस्थित होटेलमा बोलाएका हुन् ।

कोइरालापक्षका एक नेताका अनुसार महाधिवेशनमा विभिन्न पदमा प्रतिस्पर्धा गरेका आफ्ना समूहका उम्मेदवारबीच समिक्षात्मक बैठक भएकाले अनिवार्य उपस्थित हुन सबैलाई आग्रह गरिएको हो ।

यसअघि मंगलबार शेखर पक्षका शीर्ष तहका नेताबीच छलफल भएको थियो । उक्त बैठकले थप छलफल गर्न आफूपक्षीय उम्मेदवारको बैठक बोलाइएको हो । अनुपम फुडल्याण्डमा बसेको शीर्ष नेताको बैठकले रामचन्द्र पौडेलले देउवालाई सघाएको निष्कर्ष निकालेको थियो ।

सभापति शेरबहादुर देउवाले पहिलो र दोस्रो चरणमा केन्द्रीय समिति सदस्यमा एकलौटी रुपमा मनोनित गरेकोप्रति शेखरपक्षले असन्तुष्टि जनाएको छ ।