images
images

एक सचिवका लागि ३ सहसचिव दौडमा

  • २१ पुष २०७८, बुधबार ०७:५६

रिक्त एक सचिव पदका लागि तीन जना सहसचिवको नाम सिफारिस भएको छ।

बढुवा सिफारिस समितिको मंगलबार बसेको बैठकले वरिष्ठ तीन सहसचिवको नाम सिफारिस गरेको स्रोतले जनाएको छ।

सहसचिवहरु कृष्णबहादुर राउत, रामेश्वर दंगाल र मुकुन्दप्रसाद निरौलाको नाम सचिवमा बढुवाका लागि सिफारिस भएको हो।

जसमा एक नम्बरमा राउत छन्। उनी हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रवक्ता छन्।

दोश्रो नम्बरमा रहेका दंगाल अर्थ मन्त्रालयमा र तेश्रो नम्बरमा रहेका निरौला गृह मन्त्रालयमा छन्। अबको मन्त्रिपरिषद् बैठकले संभवतः राउतलाई सचिवमा बढुवा गर्नेछ।

सचिव बेगेन्द्र राज शर्मा सेवा अवधिका कारण गतसाता अनिवार्य अवकाश पाएपछि एक सचिव पद रिक्त हुन आएको हो। उक्त दरबन्दी परिपूर्ति हुन लागेको हो।