दोलखा ।
नेकपा एमालेले पुस २३ गते शुक्रवार देशभर एकैसाथ जिल्ला अधिवशेन गर्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमवाट एकैसाथ उद्घाटन गर्ने जिल्ला अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।
नयाँ नेतृत्व चयन सहितको जिल्ला अधिवेशन भएका कारण एमालेका नेता कार्यकर्तामा यतिखेर चुनावी सरगर्मी समेत निकै बढेको छ । दोलखा जिल्लामा पनि एमालेको नयाँ नेतृत्व चयनकालागि नेता तथा कार्यकर्ता वीच चुनावी सरगर्मी बढेको छ । एमाले दोलखाको जिल्ला अध्यक्षकालागि चार जना नेताहरुले उम्मेदवारी घोषणा गरेका छन् । नेताहरु भरत केसी, नरवहादुर श्रेष्ठ, भरत दुलाल र डबल पाण्डेले अध्यक्ष पदमा आफ्नो दावी प्रस्तुत गरेका छन् । एमालेका बर्तमान जिल्ला अध्यक्ष इस्वरचन्द्र पोखरेलले जिल्ला अधिवेशनपछि पार्टी नेतृत्व छाड्ने घोषणा गरेपछि चार जना नेताले अध्यक्ष पदमा दावी गरेका हुन् । अध्यक्षमा चार जना नेताको दावी सार्वजनिक भएसँगै उपाध्यक्ष, सचिव र उप सचिव पदमा पनि आकाँक्षा राख्ने नेताहरुको सँख्या दिनप्रति दिन बढ्दै गएको छ ।
एमालेको जिल्ला अध्यक्षमा दावी गरेका चारै जना नेताहरुले आफ्नो दावी स्वभाविक भएको बताएका छन् । पार्टीमा गरेको लगानी, अनुभव र क्षमताका आधारमा अध्यक्ष पदमा दावी प्रस्तुत गर्नु स्वभाविक भएको उनीहरुको भनाई छ । जिल्लाका पुराना नेता समेत रहेका अध्यक्षका दावेदार केसी भीमेस्वर नगरपालिकाका नगर प्रमुख पनि हुन् । केसी आठौं जिल्ला अधिवेशनमा पनि अध्यक्ष पदमा उम्मेदवार बनेका थिए । यस्तै श्रेष्ठ एमाले दोलखाको बर्तमान उपाध्यक्ष र मेलुङ गाउँपालिकाका अध्यक्ष हुन् भने दुलाल पार्टी सचिव एवँ शैलुङ गाउँपालिकाका अध्यक्ष हुन् । अध्यक्षका अर्का प्रत्यासी पाण्डे पार्टी जिल्ला उपसचिव एवँ जिल्ला समन्वय समिति दोलखाका प्रमुख हुन् । एमाले दोलखाको अध्यक्ष पदका दावेदार चारै जना बहालवाला जनप्रतिनिधि हुन् ।
एमाले दोलखाको जिल्ला अध्यक्षकालागि चार जना नेताहरुले उम्मेदवारी घोषणा गरेका छन् । नेताहरु भरत केसी, नरवहादुर श्रेष्ठ, भरत दुलाल र डबल पाण्डेले अध्यक्ष पदमा आफ्नो दावी प्रस्तुत गरेका छन् । एमालेका बर्तमान जिल्ला अध्यक्ष इस्वरचन्द्र पोखरेलले जिल्ला अधिवेशनपछि पार्टी नेतृत्व छाड्ने घोषणा गरेपछि चार जना नेताले अध्यक्ष पदमा दावी गरेका हुन् ।एमाले दोलखाको अध्यक्ष पदका दावेदार चारै जना बहालवाला जनप्रतिनिधि हुन् ।
जिल्ला अधिवेशनको मिति नजिकिदै जाँदा जिल्ला पदाधिकारीमा सहमतिको प्रयास पनि भईरहेको छ । तर, सहमतिको वातावरण भने बनिनसकेको नेताहरुको भनाई छ । एमाले दोलखाका प्रचार विभाग प्रमुख धर्मेन्द्र मोक्तानले जिल्ला अधिवेशनको भव्य तयारी भईरहेको र नेतृत्व चयनकालागि सहमतिको प्रयास पनि जारी रहेको बताउनुभयो । अन्तिम समयसम्म सहमतिको प्रयास गरिने र सहमति नजुटे लोकतान्त्रिक विधिवाट नेतृत्व चयन हुने प्रचार विभाग प्रमुख मोक्तानले जानकारी दिनुभयो ।
एमाले केन्द्रीय सदस्य एवँ पूर्वमन्त्री पार्वत गुरुङले सहमतिको प्रयास भन्दै अध्यक्षका दावेदारहरु वीचको छलफललाई तिव्रता दिएका छन् । अध्यक्षका दावेदार चारै जना गुरुङ निकट भएका कारण पनि उनलाई सहमति जुटाउन कठिन भएको बताईएको छ । यद्धपि गुरुङले बर्तमान उपाध्यक्ष नरवहादुर श्रेष्ठलाई सर्वसम्मत गराउने प्रयास गरिरहेको श्रोतको दावी छ । यसअघि बर्तमान अध्यक्ष पोखरेललाई नैं पुनः दोहोरिन गरिएको आग्रहलाई उनले अस्विकार गरेको बताईएको छ । एमाले नेता गुरुङले जिल्लाका नेताहरुसँग भेटघाट र छलफललाई तिव्रता दिएपनि अहिलेसम्म कुनै उपलव्धि हात पर्न सकेको छैन ।
एमाले केन्द्रीय सदस्य एवँ पूर्वमन्त्री पार्वत गुरुङले सहमतिको प्रयास भन्दै अध्यक्षका दावेदारहरु वीचको छलफललाई तिव्रता दिएका छन् । अध्यक्षका दावेदार चारै जना गुरुङ निकट भएका कारण पनि उनलाई सहमति जुटाउन कठिन भएको बताईएको छ । यद्धपि गुरुङले बर्तमान उपाध्यक्ष नरवहादुर श्रेष्ठलाई सर्वसम्मत गराउने प्रयास गरिरहेको श्रोतको दावी छ । यसअघि बर्तमान अध्यक्ष पोखरेललाई नैं पुनः दोहोरिन गरिएको आग्रहलाई उनले अस्विकार गरेको बताईएको छ ।
दोलखा एमालेको संगठनमा बलियो उपस्थिती राख्ने एमाले केन्द्रीय सदस्य एवँ बागमती प्रदेशका अध्यक्ष आनन्दप्रसाद पोखरेल आज जिल्ला आउने कार्यक्रम छ । जिल्ला नेतृत्वका बिषयमा नेता पोखरेलले अहिलेसम्म केही बोलेका छैनन् । नेता पोखरेल जिल्ला आएपछि मात्रै छलफललाई निर्णायकरुपमा अघि बढाउने एमालेको तयारी छ । पार्टी अध्यक्ष पदमा सहमति नजुटे अध्यक्ष सहित सवै पदाधिकारीमा निर्वाचन हुने सम्भावना छ । अध्यक्ष पदका चार जना दावेदार मध्ये भरत र नरवहादुर बलियो उम्मेदवारकोरुपमा देखिएका छन् ।