images
images

बागमती प्रदेशमा नयाँ सरकार गठनका दाबी पेस गर्न प्रदेश प्रमुखको आह्वान

  • २१ पुष २०७९, बिहीबार ११:२५

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न प्रदेश प्रमुखले दलहरुलाई आह्वान गर्नुभएको छ ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १ सय ६८ को उपधारा २ अनुसार नयाँ सरकारको मुख्यमन्त्री नियुक्त गर्न ५ दिनको समयमा सीमा दिएर सरकार गठनका लागि आह्वान गर्नुभएको हो । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका ला िपुस २५ गते दिउँसो ४ बजेभित्र दाबी पेस गर्न आह्वान गरिएको छ । १ सय १० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसद आवश्यक पर्नेछ ।