images
images

सिन्धुपाल्चोकमा आगलागीमा परी बालकको मृत्यु

  • २१ पुष २०७९, बिहीबार ११:३४

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा आगलागीमा परी एक बालकको मृत्यु भएको छ ।

बलेफी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष सुर्के तमाङको युवा पशुपन्छी फर्ममा आगलागी हुँदा ३ वर्षिय निर्जल कार्कीको मृत्यु भएको हो । आज बिहान ९ बजे फर्ममा आगलागी हुदाँ कार्कीको जलेर घटनास्थलमै मृत्यु भएको सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिनुभयो । कार्कीका बुबा सोही फर्ममा काम गर्दै आएका थिए । आगलागीबाट ६ लाख १४ हजार बराबर क्षति भएको छ । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।