images
images

दोलखामा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कसले गरे कति खर्च ?

  • २१ पुष २०७९, बिहीबार १४:४८

दोलखा । दोलखाबाट प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका ४६ जनाले निर्वाचनमा भएको खर्चको विवरण बुझाएका छन् ।

जिल्ला निर्वाचन कार्यालय दोलखामा पुगेर ४६ जना उम्मेदवारहरुले निर्वाचनमा भएको खर्चको विवरण बुझाएका हुन् । मंसिर ४ गते भएको प्रदेशसभा निर्वाचनमा दोलखाबाट ३१ जना र प्रतिनिधिसभा निर्वाचनमा २१ जना गरी ५२ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए । त्यसमध्ये हालसम्म ४६ जनाले खर्चको विवरण बुझाएका छन् भने बाँकी ६ जनाले खर्च विवरण बुझाउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालय दोलखाकी प्रमुख सकुन्तला राईले जानकारी दिनुभयो । दोलखा क्षेत्र नम्बर १ बाट प्रदेशसभा सदस्यमा १८ जना उम्मेदवार प्रतिस्पर्धामा रहेकोमा हालसम्म १६ जनाले खर्चको विवरण बुझाएका छन् भने क्षेत्र नम्बर २ बाट १३ जना प्रदेशसभा सदस्यमा उम्मेदवार बनेको सवै जनाले खर्चको विवरण बुझाएका छन् । प्रतिनिधिसभा सदस्यका लागि २१ जना उम्मेदवार बनेकोमा हालसम्म १७ जनाले निर्वाचनमा भएको खर्चको विवरण बुझाएका छन् ।

मंसिर ४ गते भएको प्रदेशसभा निर्वाचनमा दोलखाबाट ३१ जना र प्रतिनिधिसभा निर्वाचनमा २१ जना गरी ५२ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए । मंसिर ४ गते भएको निर्वाचनमा प्रदेशसभा सदस्यका उम्मेदवारले बढीमा २३ लाख सम्म र प्रतिनिधिसभा सदस्यका उम्मेदवारले ३१ लाखसम्म खर्च गर्न पाउने गरी सिमा तोकिएको थियो । जिल्ला निर्वाचन कार्यालय दोलखामा पुगेर ४६ जना उम्मेदवारहरुले निर्वाचनमा भएको खर्चको विवरण बुझाएका हुन् । 

निर्वाचन कार्यालयमा प्राप्त विवरण अनुसार दोलखा क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेर प्रदेशसभा सांसदमा निर्वाचित नेपाली कांग्रेसका नेता कुन्दनराज काफ्लेले निर्वाचनमा १४ लाख ३५ हजार ७ सय रुपैँया खर्च गरेको विवरण पेश गरेका छन् । उनका प्रतिस्पर्धि नेकपा एमाले दोलखाका अध्यक्ष समेत रहेका नरबहादुर श्रेष्ठले निर्वाचनमा २ लाख ३९ हजार ४ सय मात्रै खर्च गरेको विवरण पेश गरेका छन् । यस्तै दोलखा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेर प्रदेशसभा सांसदमा निर्वाचित नेकपा एमालेका नेता भरत केसीले निर्वाचनमा २ लाख ३९ हजार ४ सय मात्रै खर्च गरेको विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् ।

एमालेको तर्फबाट उम्मेदवार बनेका केसी र श्रेष्ठले निर्वाचनमा बराबरी खर्च भएको विवरण पेश गरेका हुन् । भरत केसीका प्रतिस्पर्धी नेपाली कांग्रेस दोलखाका सभापति समेत रहेका बर्मा लामाले निर्वाचनमा ७ लाख ८५ हजार ८ सय रुपैँया खर्च गरेका छन् । भर्खरै सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभा सांसदमा निर्वाचित भएका गंगा कार्की (विश्व) ले निर्वाचनमा ९ लाख ५८ हजार ३ सय रुपैँया खर्च गरेको विवरण पेश गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका नेता बालकृष्ण शिवाकोटीले निर्वाचनमा जम्मा ६ लाख ५४ हजार ४ सय ८५ रुपैँया मात्रै खर्च गरेको विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् ।

निर्वाचन भएको एक महिनाभित्र निर्वाचनमा भएको खर्चको विवरण बुझाउनुपर्ने व्यवस्था छ ।गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा धेरै जना उम्मेदवार खर्च विवरण नबुझाएपछि दोब्बर जरिवानामा परेका थिए । सोही कारण यो पटकको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा उम्मेदवार बनेकामध्ये अधिकांशले खर्चको विवरण बुझाएका छन् भने केहीले बुझाउन बाँकी छ ।

मंसिर ४ गते भएको निर्वाचनमा प्रदेशसभा सदस्यका उम्मेदवारले बढीमा २३ लाख सम्म र प्रतिनिधिसभा सदस्यका उम्मेदवारले ३१ लाखसम्म खर्च गर्न पाउने गरी सिमा तोकिएको थियो । यो तथ्यांकलाई हेर्दा हालसम्म निर्वाचन कार्यालयमा खर्च विवरण बुझाएका कुनै पनि उम्मेवारले तोकिएको सिमा भन्दा बढी खर्च गरेको देखिएको छैन । तर उम्मेदवारहरुले निर्वाचनमा आफुहरुले कम खर्च गरेको विवरण पेश गरेपनि उम्मेदवारको यो भन्दा बढी नै खर्च भएको बताइएको छ । बिल सहित खर्चको विवरण बुझाउनुपर्ने भएकाले उम्मेदवारले निर्वाचनमा कम रकम खर्च गरेको देखिए पनि यो भन्दा बढी नै रकम खर्च भएको हुनसक्ने कतिपयले अनुमान गरेका छन् ।

दोलखामा निर्वाचनको अन्तिम मतपरिणाम मंसिर १९ गते सार्वजनिक भएको थियो । निर्वाचन भएको एक महिनाभित्र निर्वाचनमा भएको खर्चको विवरण बुझाउनुपर्ने व्यवस्था छ । गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा धेरै जना उम्मेदवार खर्च विवरण नबुझाएपछि दोब्बर जरिवानामा परेका थिए । सोही कारण यो पटकको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा उम्मेदवार बनेकामध्ये अधिकांशले खर्चको विवरण बुझाएका छन् भने केहीले बुझाउन बाँकी छ ।