images
images

राहदानी विभागको सफ्टवेयर व्यवस्थापन गर्ने कम्पनीका विशेषज्ञ टोली नेपालमा

  • २१ पुष २०७९, बिहीबार १८:००

काठमाडौं । राहदानी विभागको सफ्टवेयर व्यवस्थापनको जिम्मा लिएको आइडिमिया कम्पनीले उच्च तहका प्राविधिकलाई नेपाल पठाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएपछि कम्पनीले उच्च तहका प्राविधिकलाई नेपाल पठाएको हो । त्रिपुरेश्वरस्थित राहदानी विभागको सफ्टवेयरमा समस्या देखिएको भन्दै विभागले पुर्ण सेवा दिन नसकिने सुचना जारी गरेपछि प्रधानमन्त्री कार्यालयले तत्परता लिँदै सफ्टवेयर र प्रणालीको अनुमगन तथा निरीक्षण गरेपछि कम्पनीले विशेषज्ञ पठाएको छ । यसअघि हिजो प्रधानमन्त्री कार्यालयले विभागमा प्राविधिक टोली पठाएको थियो । हिजो भएको छलफल अनुसार आज पुन टोलीले विभागका जिम्मेवार पदाधिकारी तथा कम्पनीका नेपालस्थित प्रतिनिधिसँग छलफल सुरु गरेका हुन् ।

प्रधानमन्त्री कार्यालयबाट डाटावेश विशेषज्ञ, प्रोग्राम एक्सपर्ट, मन्त्रालयका सुचना अधिकारी तथा प्रविधि शाखाका उच्चपदस्थ कर्मचारी लगायतले राहदानी विभागमा पुगेर आज प्राविधिक अध्ययन गरेका छन् । टोलीले सफ्टवेयमा देखिएको समस्या पहिचान गर्ने प्रणाली र प्रक्रिया के कस्तो छ भन्ने कुरा प्राविधिक रुपमा पहिचान गर्न आवश्यक अवलोकन गरेको थियो । राहदानी विभागको सफ्टवेयरमा पटक–पटक समस्या आउँदा सेवाग्राही मारमा परेका छन् ।