काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस निकट बिद्यार्थी संगठन नेविसंघले आज काठमाडौंमा सरकार बिरुद्ध मार्चपास सहित बिरोध प्रदर्शन गरेको छ ।
नेविसंघ केन्द्रीय समितिको आव्हानमा अनामनगरदेखि बालुवाटारसम्म मार्चपास गरिएको हो । नेविसंघले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले राज्य आतंक गरेको आरोप लगाएको छ । नेविसंघले प्रदर्शनका क्रममा प्रधानमन्त्री प्रचण्डको राजिनामा समेत माग गरेको छ । प्रदर्शनमा कांग्रेसको संस्थापन इतर समूह निकट नेविसंघका नेता कार्यकर्ता सहभागि थिए ।
कांग्रेसकै समर्थनमा प्रधानमन्त्री भएका प्रचण्ड नेतृत्वको सरकारको बिरोधमा नेविसंघ सडकमा उत्रिनुलाई अर्थपूर्णरुपमा हेरिएको छ । नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेताले बर्तमान सरकारको निरन्तर आलोचना गरिरहेका बेला उनीहरु निकट विधार्थी प्रर्दशनमा उत्रिएका हुन् ।










