images
images

सत्तारुढ र प्रमुख प्रतिपक्षी दलको केन्द्रीय समिति बैठक एकैदिन !

  • २१ पुष २०८१, आईतवार ०६:४२

काठमाडौँ । सत्तारुढ नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदैछ ।

सत्तापक्ष र प्रमुख प्रतिपक्षी दुवै दलले आजबाट केन्द्रीय समिति बैठक आह्वान गरेका हुन् । दुवै दलले एकैदिन केन्द्रीय समिति बैठक राखेका छन् । दुवै दलको बैठक काठमाडौँस्थित पार्टी मुख्यालयमा बस्नेछ । निर्धारित कार्यतालिका अनुसार एमालेले बिहान ११ बजे र माओवादी केन्द्रले दिउँसो १ बजेदेखि सुरु हुनेगरि बैठक आह्वान गरेको छ ।

दुवै दलका अध्यक्षले भोली नै बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्ने प्रतिवेदनमो नाम खुलाईएको छैन भने माओवादी अध्यक्ष प्रचण्डले ‘पार्टी रुपान्तरण र पुननिर्माणको संकल्पः आजको आवश्यकता’ शीर्षकको प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ । प्रत्यक केन्द्रीय सदस्यलाई प्रतिवेदनमाथि बेग्लाबेग्लै धारणा राख्ने व्यवस्था मिलाईएको एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

यस्तै, माओवादीको बैठकमा पनि सुरुमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा ब्रिफिङ गर्ने र लगत्तै छलफल सुरु हुने बताईएको छ । दुवै दलले दुई दिनभित्र केन्द्रीय समिति बैठक सम्पन्न गर्ने तयारी गरेका छन् । अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनेपछि एमालेको पहिलो केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

संसदको हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा बस्न लागेको बैठकले संविधान संशोधन लगाएतका एजेण्डामा ठोस धारणा तय गर्ने नेताहरुले बताएका छन् ।