images
images

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

  • २१ पुष २०८१, आईतवार १४:४८

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजबाट सुरु भएको छ ।

माओवादी केन्द्रको बैठक धुम्बाराहिस्थित स्मार्ट दरबार व्याङक्वेटमा सुरु भएको हो । बैठकको सुरुमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक अवस्थाबारे व्रिफिङ गर्नुभएको छ । त्यसलगत्तै प्रदेश अध्यक्षहरुले रिपोर्टिङ गर्ने कार्यसूची छ । बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक तथा सांगठानिक प्रतिवेदन पेश गर्नुहुनेछ ।

बैठकमा पार्टीको आगामी समाजवादी कार्यदिशा, कार्यक्रम, योजना, सांगठानिक संरचनाबारे छलफल हुनेछ । बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङ पनि सहभागि छन् ।