images
images

सिन्धुलीको फिक्कल गाउँपालिका उपाध्यक्षविरुद्ध सहकारी ठगीको मुद्धा

  • २१ पुष २०८१, आईतवार १८:२०

काठमाडौँ । सिन्धुलीको फिक्कल गाउँपालिका उपाध्यक्ष राजुबरालविरुद्ध स्वर्ण लक्षमी सहकारी ठगी आरोपमा मुद्धा दायर भएको छ ।

४३ वर्षीय बरालविरुद्ध कालीमाटिस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुद्धा दायर भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्लासरकारी वकिल कार्यालय काठमाडौँले आज जिल्ला अदालतमा मुद्धा दायर गरेको छ । बराल स्वर्णलक्ष्मी सहकारीका सञ्चालक समित सदस्य समेत हुन् । प्रहरीले उनलाई पक्राउ नगरी फरार प्रतिवादी बनाएर मुद्धा दायर गरेको छ । उनीविरुद्ध १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ बिगो मागदावी गरिएको छ । उनी जिवी राईको साझेदार रहेको समेत खुलेको छ ।

प्रहरीले गाउँपालिका उपाध्यक्ष बरालसहित ३९ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्धा दायर गरिएको छ । उनीविरुद्ध स्वर्णलक्ष्मी सहित तीन वटा सहकारी ठगीको आरोप लागेको छ । बरालविरुद्ध यसअघि पनि दुुई वटा सहकारीमा मुद्धा दायर गरिएको थियो । हाल दुवै मुद्धा विचाराधिन अवस्थामा छ ।

बराल नेकपा एमालेबाट निर्वाचित फिक्कल गाउँपालिका उपाध्यक्ष हुन् ।