images
images

प्युठानमा जन्ती बोकेको जिप दुर्घटना, ६ जनाको मृत्यु

  • २२ माघ २०७८, शनिबार ०७:४३

काठमाडौं । प्युठानको गौमुख गाउँपालिकामा बेहुली लिएर फर्किँदै गरेको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

गौमुख गाउँपालिकस्थित ओखरटारमा बेहुली लिएर फर्किँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप दुर्घटनामा परेको हो । मृतकको पहिचान खुल्न बाँकी छ । दुर्घटनामा परी बेहुला सहित ७ जना घाईते भएको प्युठानका प्रहरी नायव उपरिक्षक (डिएसपी) सत्यनारायण थापाले जानकारी दिनुभयो । जिप नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्किँदै गर्दा आज विहान ३ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाईते भएकामध्ये धेरैको अवस्था गम्भिर रहेको डिएसपी थापाले बताउनुभयो ।घाईतेहरुलाई घटनास्थलबाट उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।