images
images

आरोपसहित भीमेस्वरले फिर्ता पठाएका डाक्टरलाई जिरी नगरपालिकाको स्वागत

जिरी (दोलखा) । दोलखाको भीमेश्वर नगरपालिकाले काज फिर्ता गरी पठाएका एक जना एमडिजिपी डाक्टरलाई जिल्लाकै जिरी नगरपालिकाले स्वागत गरेको छ ।

जिल्ला सदरमुकामस्थित चरिकोट प्रादेशिक अस्पतालले एमडिजिपि डाक्टर देवेन्द्र गौतमलाई स्वास्थ्य तथा जनसंख्यामन्त्रालय फिर्ता गरेको दुई सातापछि जिरी नगरपालिकास्थित जिरी अस्पतालमा जिम्मेवारी दिईएको हो । भीमेस्वर नगरपालिकाले बिभिन्न आरोप सहित काजफिर्ता पठाएका डा. गौतमलाई जिरी नगरपालिकाले भने स्वागत कार्यक्रमकै आयोजना गरेर जिरी अस्पतालको प्रमुखको जिम्मेवारी दिएको छ । डा. गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमित्त सचिवस्तरीय निर्णयवाट माघ १७ गते चरिकोट अस्पतालवाट जिरी अस्पतालमा कामकाज गर्नेगरी खटाएको थियो ।

डा. गौतमलाई चरिकोट अस्पताल र सम्वद्ध पदाधिकारी बिरुद्ध सामाजिक सञ्जालमार्फत ‘अफवाह’ फैलाएको, सहकर्मीहरुसँग दुव्र्यवहारपूर्ण व्यवहार गरेको र गैर चारित्रिक गतिविधिमा संलग्न भएको आरोप सहित भीमेस्वर नगरपालिकाका नगर प्रमुख एवँ चरिकोट अस्पतालका अध्यक्ष भरतवहादुर केसीले काज फिर्ता पठाएका थिए ।डा. गौतमले चरिकोट अस्पतालका केही बेतिथिका बारेमा बिरोध गर्दै आएका थिए । भीमेस्वर नगरपालिकाले कोरोना महामारीकै बेला काज फिर्ताको निर्णयसहित माघ ७ गते मन्त्रालयलाई गरेको पत्राचारमा डा. गौतम चरिकोट अस्पतालमा रहेको अवस्थामा अस्पतालको काम र वातावरणमा गम्भिर असर पर्ने उल्लेख गरिएको थियो । तर, तीनै आरोपित डा. गौतमलाई जिरी नगरपालिकाले भने जिरी अस्पतालमा भव्य स्वागत गरेको छ । जिरी नगरपालिकाका नगर प्रमुख टंक जिरेलले एमडिजिपि डा. गौतम जिरी अस्पताल आउनु सुखद कुरा भएको भन्दै उनकै नेतृत्वमा अस्पताल संचालन हुने र नगर कार्यपालिकाले निर्णय गरेर मेडिकल सुपरिटेन्डेन्टकै जिम्मेवारी दिने बताउनुभयो ।

भीमेस्वर नगरपालिकाले बिभिन्न आरोप सहित काजफिर्ता पठाएका डा. गौतमलाई जिरी नगरपालिकाले भने स्वागत कार्यक्रमकै आयोजना गरेर जिरी अस्पतालको प्रमुखको जिम्मेवारी दिएको छ । डा. गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमित्त सचिवस्तरीय निर्णयवाट माघ १७ गते चरिकोट अस्पतालवाट जिरी अस्पतालमा कामकाज गर्नेगरी खटाएको थियो ।

डा. गौतम जिरी अस्पतालमा हाजिर भएकै दिन अस्पतालको अप्रेशन थिएटरको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै अव जिरी अस्पतालमै शल्यक्रिया लगायतका सेवा उपलव्ध हुने उल्लेख गरेका छन् । विगत एक बर्षदेखि चरिकोट अस्पतालमा शल्यक्रिया लगायतका सेवामा प्रत्यक्ष खटिएका डा. गौतम जिरी अस्पताल आएपछि नगरवासीले समेत सामाजिक सञ्जालमार्फत ‘अव जिरी अस्पतालको सेवामा सुधार हुने’ अपेक्षा गरेका छन् । जिरी अस्पतालमा एमडिजिपि डाक्टर र अन्य जनशक्ति नहुँदा लामो समयदेखि शल्यक्रिया लगायतका सेवाहरु ठप्प छ । जिल्ला अस्पतालको रुपमा रहेको जिरी अस्पतालको व्यवस्थापन नगरपालिका मातहत आएपछि सो अस्पतालवाट दिईने धेरै सेवाहरु कटौती हुँदा शल्यक्रिया सहितको सुत्केरी गर्नका लागि समेत जिरी नगरपालिका र आसपासका वासिन्दा चरिकोट धाउनु पर्ने अवस्था थियो । डा. गौतमले हाम्रो अपटेडसँग कुराकानी गर्दै अव जिरी अस्पतालमा एक साताभित्रै सुत्केरी, एपेन्डिसाइटिस, हर्निया, हाईड्रोसिल लगायतका शल्यक्रिया सेवा सुरु हुने बताउनुभयो ।

एक बर्षदेखि चरिकोट अस्पतालमा शल्यक्रिया लगायतका सेवामा प्रत्यक्ष खटिएका डा. गौतम जिरी अस्पताल आएपछि नगरवासीले समेत सामाजिक सञ्जालमार्फत ‘अव जिरी अस्पतालको सेवामा सुधार हुने’ अपेक्षा गरेका छन् । डा. गौतमले हाम्रो अपटेडसँग कुराकानी गर्दै अव जिरी अस्पतालमा एक साताभित्रै सुत्केरी, एपेन्डिसाइटिस, हर्निया, हाईड्रोसिल लगायतका शल्यक्रिया सेवा सुरु हुने बताउनुभयो ।

जिरी अस्पतालमा पछिल्लो समय बागमती प्रदेश सरकारको शिफारिसमा ल्याव टेक्निसियन दिनेश देउरुखी, एनेस्थेसिया असिस्टेन्ट रमेश महतो, हेल्थ असिस्टेन्ट रुवियादव, अहेव सुजताकार्की र ल्याव असिस्टेन्ट सुनिता लामा लगायत ५ जना स्वास्थ्यकर्मी हाजिर भएका छन् । दक्ष स्वास्थ्यकर्मीको अभावमा जिरी अस्पतालमा उपचार सेवापाउन नसकेको गुनासो आइरहेका बेला बागमती प्रदेशको मन्त्रीपरिषदले निर्णय गरी जिरी अस्पतालमा थप स्वास्थ्यकर्मी पठाएको थियो ।

दोलखाका सांसद एवँ बागमती प्रदेशका बन तथा वातावरण मन्त्री विशाल खड्काले डाक्टर सहितका स्वास्थ्यकर्मी नभएकै कारण जिरी अस्पतालको सेवा प्रभावित भएको भन्दै विभागीय मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।