images
images

पशुपती चौंलागाई स्मृति अस्पतालमा सेवा शुल्क निर्धारण गर्न कार्य दल गठन

  • २२ माघ २०७९, आईतवार २१:०९

दोलखा । दोलखा सदरमुकाम चरिकोटस्थित पशुपती चौंलागाई स्मृति अस्पतालले अस्पतालको सेवा शुल्क सम्वन्धमा अध्ययन गर्न कार्य दल गठन गरेको छ ।

अस्पताल संचालक समितिको वैठकले अस्पताललाई दिगोरुपमा संचालन गर्न विस्तृत अध्ययन गरी शुल्क निर्धारण गर्न नागरिक समाजका प्रतिनिधिलाई समेत समेटेर कार्य दल गठन गरेको हो । पशुपती चौंलागाई स्मृति अस्पतालका प्रमुख डाक्टर ज्ञानेस्वर श्रेष्ठको अध्यक्षतामा गठित कार्य दलमा स्थानीय प्रशासन र स्वास्थय कार्यालयका अलावा नागरिक समाजका प्रतिनिधिहरुलाई पनि राखिएको छ । कार्य दलमा स्वास्थ्य कार्यालय दोलखाका प्रमुख उत्तम खनाल, भीमेस्वर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख श्यामवहादुर खड्का, नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष, जिल्ला समन्वय समिति सदस्य मेनुका चौंलागाई, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, नागरिक समाज दोलखाका संयोजक चिरञ्जीवी मास्के, जनहित नागरिक समाजका अध्यक्ष लक्ष्मण खड्का, नेपाल नागरिक समाजका अध्यक्ष दिपशंकर चौंलागाई सदस्य रहेका छन् भने सदस्य सचिवको जिम्मेवारी अस्पतालका जनस्वास्थ्य निरीक्षक प्रकाश घिमिरेलाई दिईएको छ ।

पशुपती चौंलागाई स्मृति अस्पतालले उपचार सेवामा निजी अस्पतालको भन्दा महंगो शुल्क तोकेपछि नागरिक समाज र सामाजिक संघ, संस्थाका अगुवाहरुले त्यसको बिरोध गरेका थिए । त्यस लगत्तै अस्पताल संचालक समितिले कार्य दल गठन गरेको हो । कार्य दललाई एक साताभित्र शुल्क निर्धारण गरी अस्पताल सञ्चालक समितिमा पेश गर्न भनिएको छ । नयाँ शुल्क निर्धारण गर्दा दोलखास्थित धुलिखेल अस्पतालको सेवा शुल्कलाई समेत आधार मान्ने निर्णय गरिएको छ ।

विनाशकारी भूकम्पपछि न्याय हेल्थ नेपालको सहयोगमा अस्पताल सञ्चालन गरिदा सवै उपचार शेवा निशुल्क दिने व्यवस्था थियो । तर, न्याय हेल्थले हात झिकेपछि अस्पतालले टिकट शुल्कदेखि सवै उपचार सेवामा शुल्क निर्धारण गरेको थियो । सो शुल्क निजी अस्पतालको भन्दा महंगो भएको भन्दै बिरोध भईरहेको छ ।