सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपलिकामा एक वृद्ध मृत फेला परेका छन् ।
जिल्लाको हेलम्बु गाउँपालिका–७ चनौटे नयाँ बजारका ६१ वर्षीय सरन कुमार दंगाल मृत फेला परेका हुन् । दंगाल नयाँ बजारकै सडकको नालीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ ।










