images
images

आगो ताप्ने क्रममा निसासिएर सासू–बुहारीको मृत्यु

  • २२ माघ २०८०, सोमबार १३:००

काठमाण्डौँ । डडेलधुराको अमरगढीमा आगो ताप्ने क्रममा निसासिएर सासू–बुहारीको मृत्यु भएको छ ।

जिल्लाको अमरगढी नगरपालिका–१ मा गएराति चिसो छल्न आगो बालेर एउटै कोठामा सुतेका सासू ६० वर्षीया धौलीदेवी दियाल र बुहारी २६ वर्षीया पुनम दियालको मृत्यु भएको हो । दुई सासू बुहारी चिसो छल्न भनी आगो बालेर एउटै कोठामा सुतेका थिए । सोही आगोको कोइलाबाट निस्किएको धुँवाका कारण निसास्सिएर उनीहरुको मृत्यु भएको  डडेलधुारा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कुसुम नायकले जानकारी दिनुभयो ।

उनीहरु बिहान बेहोस अवस्थामा फेला परेका थिए । बेहोस फेला परेका उनीहरुलाई अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको हो । सो विषयमा थप अनुसन्धान भइरहेको सूचना अधिकारी नायकले जानकारी दिनुभयो ।