images
images

गाँजासहित रामेछापका दुई जना पक्राउ

  • २२ माघ २०८०, सोमबार १६:१६

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौतीबाट ७३ बोरा गाँजाको साथमा रामेछापका दुईसहित तीन जना पक्राउ परेका छन् ।

प्रहरीले पनौती नगरपालिका–५ स्थित आइटी पार्कमा जाँचका क्रममा प्लास्टिकका विभिन्न –आकारका ७३ बोरामा दुई सय ८५ केजी गाँजासहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामेछापका २० वर्षीय सञ्जीव तामाङ, ५३ वर्षीया विमला तामाङ र नुवाकोटको विदुर नगरापालिका–११ घर भई हाल काठमाण्डैका बालाजु बस्दै आएका सवारी चालक ३५ वर्षीय बुद्धमान तामाङ रहेका छन् । पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय बनेपाको हिरासतमा राखी अनुसन्धान भइरहेको काभ्रे प्रहरीले जनाएको छ ।