images
images

काभ्रेमा टिपरको ठक्करबाट पैदल यात्रीको मृत्यु

  • २३ माघ २०८१, बुधबार ०७:४८

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा टिपरको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

अरनिको राजमार्ग अन्र्गत काभ्रेपलाञ्चोकको बनेपाको पुलबजार नजिकै टिपरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको हो । साँगाबाट बनेपा तर्फ आउँदै गरेको बा ५ ख ३२४६ नम्बरको टिपरले ठक्कर दिँदा पैदल यात्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतको पहिचन खुल्न भने बाँकी रहेको छ ।

मृतकको शवलाई पोष्मार्टका लागि शीर मेमोरियल अस्पतालमा राखिएको काभ्रेपलाञ्चोक प्रहरीले जनाएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।