
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले हिरासतमा राख्न आदेश दिएको छ ।
सहकारी ठगीको आरोप लागेका लामिछानेलाई आज अदालतले हिरासतमा राख्न आदेश दिएको हो । थुनछेक बहस नसकिएकोले जाहेरवाला र प्रतिवादीको तर्फबाट पैरवी र थुनछेक गर्त भोली विहान ११ बजे उस्थित गरी उनलाई सुरक्षाकर्मीको जिम्मामा जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको हो ।
साहरा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा भएको ठगी प्रकणरमा लामिछानेसहित ३२ जनाविरुद्ध हिजो दायर भएको मुद्धामा आजदेखि बहस सुरु भएको छ । आज चितवन जिल्ला अदालतमा जाहेरवाला र सरकारी वकिल सहित ४ जनाले बहस गरेका छन् ।