images
images

पाँच दिनदेखि रोकिएको राहदानी आवेदन र इन्रोलमेन्ट सेवा सुचारु

  • २१ फाल्गुन २०७९, आईतवार १९:५७

दोलखा । दोलखामा पाँच दिनदेखि रोकिएको राहदानी आवेदन र इन्रोलमेन्ट सेवा आजबाट सुरु भएको छ ।

प्राविधिक समस्या आएपछि फागुन १५ गतेदेखि रोकिएको नयाँ राहदानी आवेदन तथा इन्रोलमेन्ट सेवा आजबाट सुरु भएको हो । जिल्ला प्रशासन कार्यालयमा राहदानीका लागि आवेदन दिन सेवाग्राहीका लागि एउटा मात्रै इन्रोलमेन्ट स्टेशन छ । इन्रोलमेन्टको क्यामेरा विग्रीएपछि जिल्ला प्रशासन कार्यालयले राहदानी विभागमा माग गरेको थियो ।

विभागबाट क्यामेरा आएपछि पाँच दिनदेखि रोकिएकोे राहदानी आवेदन र इन्रोलमेन्ट सेवा सुचारु भएको दोलखाका प्रमुख जिल्ला अधिकारी शेखर पौडेलले जानकारी दिनुभयो ।