जिरी(दोलखा) । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको हकप्रद शेयर भर्ने मिति आजदेखि सकिँदैछ ।
कम्पनीले यही फागुन २ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीको हकप्रद शेयरमा आज कार्यालय समयसम्म आवेदन दिन सकिनेछ । कम्पनीले १ः१ को अनुपातमा १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर निष्काशन गरेको हो । जस अनुसार कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४५ लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको छ । हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले पुस २२ गते बुकक्लोज गरेको थियो । त्यसैले पुस १९ गतेसम्म कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र नेपाल बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
हाल १ अर्ब ४५ करोड रुपैयाँ कम्पनीको चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद निष्काशन तथा बाँडफाँपछि २ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ ।










