सुदूरपश्चिम प्रदेश सरकारबाट पनि माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई जनामन्त्री र एक राज्यमन्त्री बर्खास्त भएका छन् ।
प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई जना मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गर्नुभएको हो । केन्द्रमा कांग्रेस माओवादीको गठबन्धन भंग भएर एमालेसहितको नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री शाहले माओवादीबाट सरकारमा सहभागी भएकाहरुलाई बर्खास्त गर्नुभएको हो । उद्योग, पर्यटन तथा वातावरणमन्त्री रमेश धामी र सामाजिक विकास मन्त्री झपट साउद र उद्योगराज्यमन्त्री गीतादेवी माल बर्खास्त भएका हुन् । यस्तै कर्णाली सरकारमा नेकपा एकीकृत समाजवादी र नागरिक पार्टीका मन्त्री यथावत रहनेछ भने सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादीले समर्थन कायम राख्ने मुख्यमन्त्रीलाई बहुमत पुग्ने भएको छ ।










