काठमाडौँ । नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा महेश बर्ताैला बढुवा भएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बर्ताैलालाई प्रमुख सचेतकमा बढुवा गर्नुभएको हो । प्रमुख सचेतक पदम गिरी मन्त्री भएपछि यसअघि सचेतक रहेका बर्ताैलालाई प्रमुख सचेतकमा बढुवा गरिएको हो । बर्ताैला मकवानपुर–२ मा नेकपा एकीकृत समाजवादीका विरोध खतिवडालाई पराजित गरेर निर्वाचित भएका थिए ।
साथै, प्रमुख सचेतक बर्ताैला बनेसँगै सांसद सुनिता बराल सचेतकी बनेकी छन् । एमाले अध्यक्ष ओलि निटक बराल समानुपातिक सांसद रहेकी छन् । बर्ताैला र बराल दुवै जना अनेरास्ववियुको पृष्ठभुमिबाट राजनीतिमा उदाएका थिए ।










