काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको छ ।
आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । हिजो मात्रै मात्रै प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेर नेकपा (एमाले) को नेतृत्वमा सत्ता गठबन्धन बनाउनुभएको छ ।










