images
images

दिनदिनै स्पष्टीकरण, ठीक ढंगले काम गरिरहेको अवस्थामा शून्य अंक किन ?

  • २१ फाल्गुन २०८१, बुधबार १४:१०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले उर्जामन्त्रालयले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यसम्पादनमा शून्य अंक दिएको भन्दै आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रमुख सचेतक पाण्डेले घाटामा गएको प्राधिकरणलाई नाफामा ल्याउनेलाई कारवाही गर्दै शून्य अंक दिएको भन्दै आपत्ति जनाउनुभएको हो । उहाँले एउटा राम्रो काम गरिरहेको व्यक्तिलाई अघि लैजानुपर्ने ठाउँमा शुन्य अंक दिनुको कुरा के हो ? भन्दै प्रश्न गर्नुभयो ।

प्रमुख सचेतक पाण्डेले ठीक ढंगले काम गरिरहेको अवस्थामा शून्य अंक किन भन्दै आपत्ति जनाउनुभएको छ । प्रमुख प्राधिकरण लगायत सार्वजनिक संस्था निरन्तर घाटामा गैरहेको अवस्थामा हाल निरन्तर नाफामा गैरहेको समयमा दिनदिनै स्पष्टीकरण सोध्ने लगायतका काम भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सम्पूर्ण विपक्षीको तर्फबाट रुलिङको माग समेत गर्नुभयो ।

बैठकमा राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले कुलमान घिसिङमाथि सरकारले कारबाही गर्न लागेको भन्दै आपत्ति जनाउनुभयो । घिसिङलाई हटाए नेपाललाई अन्धकारतिर धकेलियो भनेर सडक र सदन दुबैबाट आवाज उठ्ने उहाँको भनाई छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद मनिष झाले कुलमान जस्तो मुलुकलाई फाईदा पु¥याउने व्यक्ति बारबाही गर्ने सरकारको रवैया ठीक नहुने बताउनुभयो ।