images
images

प्रहरीले बोकेको गोली पड्कियो, मतपेटिकामा क्षति

  • २१ फाल्गुन २०८२, बिहीबार ०८:३९

विराटनगर । उदयपुरमा निर्वाचन सुरक्षाका लागि खटिएका प्रहरीले बोकेको हतियारबाट गोली पड्किएको छ ।

कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूल केन्द्र तावाखोला (ख) मतदान केन्द्रमा प्रहरीले बोकेको गोली नै पड्किएको हो ।

गोली पड्किएर मतपेटिकामा क्षति पुगे पनि मानवीय र अन्य भौतिक क्षति भने नभएको कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले जानकारी दिएका छन् । गोली पड्किएर क्षति पुगेको मतपेटिका फेरेर मतदानलाई सुचारु राखिएको छ ।