भक्तपुर । गृह मन्त्रालयका उच्च अधिकारी सहितको टोलीले देशभर भइरहेको निर्वाचनको ‘मनिटरिङ’ गरेको छ ।
निर्वाचन सुरक्षाका सन्दर्भमा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ सहित सुरक्षा निकायका प्रमुख एवं गृह मन्त्रालयका उच्च अधिकारीसहितको टोलीले निर्वाचनको ‘मनिटरिङ’ गरिरहेको हो ।
‘कन्ट्रोल’ रुममा बसेर उनीहरुले सबै निर्वाचन क्षेत्रहरूको मनिटर गरिरहेको गृहमन्त्रीका निजी सचिव पर्शुराम पोखरेलले जानकारी दिएका छन् ।










