images
images

दिनभरी मतदाता कुरेका कर्मचारी आँफु मात्रै मतदान गरेर फर्किए

काठमाडौं । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेलस्थित सातसल्ले मतदान केन्द्रमा बिहीबार स्थानीयको एक मत पनि नखसी मतदान सकिएको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि भएको मतदानमा सो क्षेत्रका स्थानीयले बहिष्कार गरेका हुन् । स्थानीयहरूले निर्वाचन बहिष्कार गरेका कारण अस्थायी मतदाता अर्थात् निर्वाचनमा खटिएका कर्मचारीहरूले मात्रै मतदान गरेर मतपेटिका सिलबन्दी गरेका हुन् । ४ जना कर्मचारीले मात्रै मतदान गरेर मटपेटिका सिल गरिएको हो ।

स्थानीयले वडा नम्बर ७ हर्कपुरमा प्रदेशस्तरीय अस्पताल निर्माण गर्न जग्गादान गरेका थिए । स्थानीय स्तरमा प्रादेशिक अस्पताल निर्माणका लागि प्रदेश सरकारलाई १६५ रोपनीभन्दा बढी जग्गा निःशुल्क उपलब्ध गराए पनि वर्षौँसम्म निर्माण प्रक्रिया अघि नबढेपछि आक्रोशित स्थानीयले २०८२ सालको प्रतिनिधि सभाको निर्वाचन नै बहिस्कार गरेका हुन्।

७०१ जना मतदाता रहेको सहिद स्मृति आबि सातसल्ले मतदान केन्द्रमा एक जनाले पनि मत नखसाली साँझ कर्मचारी फर्किएका छन्।