images
images

रामेछापमा एसईई परिक्षाका लागि २१ वटा केन्द्र निर्धारण

  • २२ चैत्र २०७८, मंगलवार १३:१०

जिरी (दोलखा) । रामेछाप जिल्लामा आगामी बैशाख ९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परिक्षाका लागि २१ वटा परिक्षा केन्द्र निर्धारण भएको छ ।

शिक्षा विकास तथा समन्वय ईकाई रामेछापले जिल्लामा सञ्चालन हुने एसईई परिक्षाका लागि २१ वटा केन्द्र तोकेको हो । जसमा एउटा परिक्षा केन्द्रमा ३ देखि ८ वटासम्म विद्यालयका परिक्षर्थीहरुले परिक्षा दिनेछन् । शिक्षा विकास तथा समन्वय ईकाई रामेछापका अनुसार सबैभन्दा बढी सुनापति गाउँपालिकास्थित डहु मावि डहु बेथान केन्द्रमा ८ वटा विद्यालयका विद्यार्थीले परिक्षा दिनेछन् । जिल्लामा एसईईका लागि २१ वटा परिक्षा केन्द्र निर्धारण भएकोमा मन्थली नगरपालिकामा भिमेश्वररुद्र मावि चिसापानी, सेतीदेवी मावि सालू, कालिदेवी मावि फुलासी, मन्थली मावि मन्थली, नागकन्या मावि गडबारी मन्थली र मन्थलीसहिद स्मृति क्याम्पस मन्थली गरी ६ वटा केन्द्र निर्धारण गरिएको छ । सो केन्द्रहरुमा २६ वटा विद्यालय समावेश गरिएको छ ।

रामेछाप जिल्लामा आगामी बैशाख ९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परिक्षाका लागि २१ वटा परिक्षा केन्द्र निर्धारण भएको छ । शिक्षा विकास तथा समन्वय ईकाई रामेछापले जिल्लामा सञ्चालन हुने एसईई परिक्षाका लागि २१ वटा केन्द्र तोकेको हो । जसमा एउटा परिक्षा केन्द्रमा ३ देखि ८ वटासम्म विद्यालयका परिक्षर्थीहरुले परिक्षा दिनेछन् । दोलखा जिल्लामा भने यसअघिनै १९ वटा केन्द्र निर्धारण भइसकेको छ ।

यस्तै, रामेछाप नगरपालिकामा गौरीशंकर मावि रामेछाप र हिमगंगा मावि साँघुटार गरी २ वटा केन्द्र निर्धारण भएकोमा सो केन्द्रहरुबाट ११ वटा विद्यालयका विद्यार्थीले परिक्षा दिनेछन् । यसैगरी, उमाकुण्ड गाउँपालिकामा शिदेश्वर मावि बाम्ती र चण्डेश्वरी मावि प्रिति गरी २ केन्द्रमा केन्द्रमा ६ वटा विद्यालय, गोकुलगंगा गाउँपालिकामा सारधा मावि ठोसे र जनजागृति मावि बेताली केन्द्रमा ७ वटा, लिखु तामाकोशी गाउँपालिकामा तामाकोशी जनजागृति मावि खिम्ती, झट्टेश्वर मावि धोवी र त्रिपुरेश्वर मावि दुरागाउँ गरी ३ वटा केन्द्रमा ११ वटा विद्यालय तोकिएको छ ।

जिल्लाकै खाँडादेवी गाउँपालिकामा प्रयागेश्वर मावि पकरबास र कृष्ण मावि टिमू गरी २ वटा केन्द्रमा १२ वटा विद्यालय समावेश भएको छ । दोरम्बा गाउँपालिकामा काकलिङ मावि दोरम्बा र कालिका मावि लखनपुरमा ती दुई पालिकामा रहेका ५ वटा विद्यालयका परिक्षार्थीले एसईई दिनेछन् भने सुनापति गाउँपालिकामा कृष्ण बर्णेश्वर मावि मानपुर र डहु मावि डहु बेथान केन्द्रमा १३ वटा विद्यालय समावेश गरिएको छ ।

दोलखा जिल्लामा भने यसअघिनै १९ वटा केन्द्र निर्धारण भइसकेको छ ।