
सिन्धुली । सिन्धुली प्रहरीले लागुऔषध खैरो हिरोइन सहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौंको तार्केश्वर नगरपालिकाका २२ वर्षीय राजा खड्का रहेका छन् । सिन्धुलीको कमलामाई नगरपालिका ६ माझिटार स्थित विपी लोकमार्गमा प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा उनलाई लुगामा पोको पारिएको अवस्थामा ४६ ग्राम खैरो हिराइन सहित पक्राउ गरिएको हो । झापाबाट काठामाडौँतर्फ जाँदै गरेको बा ५ ख ९१३४ नम्बरको यात्रुवाहक हायसमा सवार उनलाई चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको सिन्धुलीका प्रहरी नायव उपरिक्षक चिरञ्जिवि दहालले जानकारी दिनुभयो ।
पक्राउ परेका उनीमाथि जिल्ला अदालत सिन्धुलीबाट एक साताको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।