images
images

भारतको सिक्किममा हिमपहिरोमा परी तीन नेपाली सहित ७ जनाको मृत्यु

  • २२ चैत्र २०७९, बुधबार ०७:३४

भारतको सिक्किममा हिमपहिरोमा परी तीन नेपाली सहित ७ जनाको मृत्यु भएको छ ।

हिमपहिरोमा परी चितवनका शिवप्रसाद लामिछाने, आशिका ढकाल तथा रुपन्देहीका मुना शाह श्रेष्ठको मृत्यु भएको हो । नाथुला र गान्तोकबीचको क्षेत्रमा  हिमपहिरो गएको सिक्किम सरकारले जनाएको छ । नेपालबाट घुम्न गएका उनीहरु अचानक आएको हिमपहिरोमा परेका हुन् । तीनै जना नेपालीको शव नेपाल ल्याउने तयारी भइरहेको छ ।

हिमपहिरोमा परी १२ जना घाइते भएका छन् भने २३ जनाको सकुशल उद्दार भएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ । हिमपहिरोमा परेर कम्तीमा ५ देखि ६ वटा सवारीसाधन पुरिएको आशंका गरिएको भारतीय सञ्चारमध्यमहरुले जनाएका छन् ।