images
images

माथिल्लो तामाकोशीको बाँधस्थल जाने बाटोमा स्थानीयको अवरोध, मुआव्जा नपाएको गुनासो

दोलखा । स्थानीयले मुआब्जा सम्बन्धी विवादलाई लिएर बाटो अवरुद्ध गरेपछि माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम प्रभावित भएको छ ।

मुआब्जाको विषयलाई लिएर स्थानीयले आयोजनाको बाँधस्थल जाने बाटो ९ दिनदेखि अवरुद्ध गरेका हुन् । स्थानीयको अवरोधका कारण आयोजनाले भौतिक उपस्थितिमा गर्नुपर्ने कुनै पनि काम गर्न सकेको छैन । आयोजनाका कुनैपनि कर्मचारी बाँधस्थलमा जान नपाएकाले भौतिक उपस्थितिमा गर्नुपर्ने निरिक्षण लगायतका अन्य प्राविधिक काम रोकिएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका प्रशासन प्रमुख मित्रमणि पोखरेलले जानकारी दिनुभयो ।

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले निर्माणको चरणदेखि स्थानीयको जग्गा प्रयोग गरेपनि मुआब्जा नदिएका कारण आन्दोलनमा उत्रन बाध्य भएको स्थानीयले बताएका छन् । आयोजनाले जग्गा भोगचलन गरेपनि अहिलेसम्म अधिग्रहण नगरेको, अधिग्रहण गरेर पनि मुआव्जा नदिएको तथा एकातिर अधिकग्रहण गरेर अर्कोतिर जग्गा प्रयोग गरेको स्थानीयको गुनासो छ ।

स्थानीयले मुआब्जा सम्बन्धी विवादलाई लिएर बाटो अवरुद्ध गरेपछि माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम प्रभावित भएको छ । मुआब्जाको विषयलाई लिएर स्थानीयले आयोजनाको बाँधस्थल जाने बाटो ९ दिनदेखि अवरुद्ध गरेका हुन् । आयोजनाले जग्गा भोगचलन गरेपनि अहिलेसम्म अधिग्रहण नगरेको, अधिग्रहण गरेर पनि मुआव्जा नदिएको तथा एकातिर अधिकग्रहण गरेर अर्कोतिर जग्गा प्रयोग गरेको स्थानीयको गुनासो छ ।

विगु गाउँपालिका वडा नम्बर १ लामावगरका स्थानीय सोनाम शेर्पाले लामो समयदेखि मुआब्जाको विषय उठाएपनि कुनै सुनुवाई नभएपछि आफुहरु बाध्य भएर आन्दोलनमा उत्रिएको बताउनुभयो । तामाकोशी जलविद्युत आयोजनाले व्यक्तिको जग्गा प्रयोग गरेर स्थानीयलाई बेवास्ता गरेको स्थानीयको आरोप छ । उनीहरुले तत्काल आयोजनाले मुआब्जा दिनुपर्ने माग सहित बाधस्थलमा जाने बाटो अवरोध गरेका हुन् । जसका कारण ९ दिनदेखि तामाकोशीका कुनै पनि सवारीका साधन र कर्मचारी बाँधस्थलमा पुग्न पाएका छैनन । विगु गाउँपालालिका १ लामावगरका स्थानीयले लामावगरको माथिल्लो गाउँबाट गौरीशंकर प्राविदेखि माथि ड्यामभन्दा तल र साल्दुङ टोलदेखि ड्यामसम्म आयोजनाका कुनै पनि सवारीका साधन र कर्मचारीलाई छिर्न दिएका छैनन ।

मुआब्जाको विषयलाई लिएर यही चैत १४ गते स्थानीय र आयोजनाका कर्मचारीबीच हातहालाहातको स्थिति सिर्जना भएको थियो । झडपमा परी आयोजनाका एक जना इन्जिनियर घाईते भएका थिए । सोही घटनालाई लिएर दोलखा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको बताइएको छ । यता, आयोजनाका प्रशासन प्रमुख पोखरेलले स्थानीय र आयोजनाबीच मुआब्जाको विषयमा छलफल जारी रहेको र सहमति नजिक पुगिएको बताउनुभएको छ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा मुआब्जाको विषयलाई लिएर स्थानीय र आयोजनाबीच लामो समयदेखि विवाद हुँदै आएको छ ।