images
images

एसईई सकेपछि फुर्सदिलो समयलाई कसरी सदुपयोग गर्ने त ?

  • २३ चैत्र २०८१, शनिबार ०७:२४

काठमाडौँ । एसईई परीक्षा सकिसकेपछि प्रयाजसो विद्यार्थीहरुलाई फुर्सद मिल्ने गर्दछ । यो बेला पढाईको लोड पनि कम हुने र नतिजाका लागि धेरै समय कुर्नुपर्ने भएकाले विद्यार्थीहरु फुर्सदमा हुने गर्दछन् ।

विद्यार्थीहरुले यो बर्षको एसईई परीक्षा पनि दिईसकेका छन् । तर, परिक्षाको नतिजा आउन अझै असार सम्म कुर्नपर्दछ । किनकी एसईई परीक्षाको नतिजा प्रयजसो जेठ अन्तिम साता वा असार पहिलो साता मात्रै आउने गर्दछ । त्यस्ता विद्यार्थीहरु एसईई अघिको व्यस्त समय सकाएर अब फुर्सदिलो बनेका छन् ।

त्यसैले बिद्यार्र्थीहरुमा परीक्षाको नतिजा प्रकाशन नभएसम्म बाँकी समयको कसरी सदुपयोग गर्ने भन्नेमा अन्यौलता भैरहेको हुनसक्छ ।एसईई सकिएपछिको तीन महिनाको सही सदुपयोग गर्नुपर्नेमा बिज्ञहरुले जोड दिएका छन् । एसईई सकिएपछि बिद्यार्थीले धेरै रुचाउने विषय भ्रमण हो ।

पढाईको थकानलाई मेटाउन बिद्यार्थीलाई भ्रमण आवश्यक छ । तर भ्रमणलाई मनोरञ्जनका रुपमा मात्र नभई उपलब्धिमूलक बनाउनुपर्ने शिक्षाबिद्को सुझाव छ । अभिभावकको दबाबमा बिद्यार्थीले चाहना गुम्स्याउँदा मनोबैज्ञानिक असर पर्नसक्ने शिक्षाविद्हरुको भनाई छ । त्यसैले बिद्यार्थीले आफ्नो रुचिअनुसारको विषयमा लाग्नुपर्ने उनीहरुले सुझाव दिएका छन् ।

एसईईको नतिजा आउनुअघि सम्मको समय सदुपयोग गर्ने सवालमा बिद्यार्थीले आफुलाई सिर्जनशील काममा लगाउन जरुरी छ । नेपाली, अंग्रेजी वा अन्य भाषामा लेखिएका साहित्यिक पुस्तक, पत्रपत्रिका पढेर समाजलाई समयसापेक्ष रुपमा बुझ्न सक्छन् ।

चाहे साहित्यिक होस् या बिबिध बिषय केन्द्रित, त्यसमा लेखिएका यथार्थ ज्ञानले सही बाटो पहिल्याउन सघाउँछ । यो जमाना सूचना, सञ्चार र प्रबिधीको रहेकाले आईटिका वारेमा तालिम दिने संस्थामा थोरै शुल्क तिरेर आफुलाई सैद्धान्तिक हिसाबले सिपालु बनाउन सकिन्छ । कम्युटर, मोवाईल मर्मत लगाएतका ज्ञान र सीपले गर्दा आफु चाँडै रोजगार बन्न र अरुलाई रोजगारी दिलाउन सक्ने सीप पनि हाँसिल गर्न सकिन्छ ।

धेरै विद्यार्थीलाई अंग्रेजी भाषाको समस्या हुनसक्छ । अंग्रेजी भाषा जान्नेहरुले थुप्रै अवसरहरु पाउन सक्ने भएकाले पनि आफै पुस्तक खरिद गरेर वा कुनै पनि ईन्स्टिच्युटमा गएर भाषाको ज्ञान आर्जन गर्न सकिन्छ । खेलकुदमा रुचि हुनेले विभिन्न खेलकुदको प्रशिक्षण लिन सकिन्छ ।

छोटो समयमा धेरै कुरा गर्न सम्भव नहुने भएकाले समय सिमित भएकाले एउटै विषयमा आफुलाई केन्द्रित गर्न सके उपलब्धिमुलक हुन सक्छ ।