भक्तपुर । भक्तपुर प्रहरीले ‘स्वीप अप्रेशन’ सञ्चालन गरी ६० जनालाई पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी परिसर र मातहतका वृत्तबाट ६० जना पक्राउ परेका हुन् । उनीहरुलाई चैत २१ गते पक्राउ गरी सार्वजनिक गरिएको हो । प्रहरीले मोटरसाइकल लगायतका चोरीमा संलग्न र शंकास्पद व्यक्तिहरुलाई निगरानीमा राख्दै आएको छ ।
सोही क्रममा एकैदिन ६० जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवम् डीएसपी प्रकाश जबेगुले जानकारी दिएका छन् ।
भक्तपुर प्रहरीले यस अभियानलाई ‘स्वीप अप्रेशन’नाम दिएको छ । यो अपरेसन आगामी दिनमा पनि निरन्तर जारी रहने प्रहरीले जनाएको छ ।










