images
images

जिरीमा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षका ५ जना उम्मेदवार चुनावी मैदानमा

जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षका लागि ५ जना चुनावी मैदानमा उत्रिएका छन् ।

आसन्न स्थानीय तह निर्वाचनमा जिरी नगरपालिकामा माओवादी केन्द्रबाट वडाध्यक्षका लागि ५ जना चुनावी मैदानमा उत्रिएका हुन् । यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादीबाट जिरी नगरपालिका वडा नम्बर १, २, ३, ७ र ८ नम्बर वडामा उम्मेदवारी परेको छ । जसअनुसार वडा नम्बर १ मा साङ्गगे शेर्पा, वडा नम्बर २ मा ङिमपल्दे शेर्पा, वडा नम्बर ३ मा खेटराज घिमिरे, वडा नम्बर ७ मा शान्त नेपाली र वडा नम्बर ८ मा राम खत्री चुनावी मैदानमा उत्रिएका हुन् । जिरी २ का ङिमपल्दे शेर्पा भने यसअघिको स्थानीय तहको निर्वाचनमा पनि माओवादी केन्द्रबाट वडाध्यक्षमा निवार्चित भइसकेका व्यक्ति हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनबाट जिरी २ को वडाध्यक्षमा निर्वाचित भएर शेर्पाले एक कार्यकाल सकाइसकेका छन् ।

गत निर्वाचनमा ३ सय ७७ मतले उनी जिरी २ को वडाध्यक्षमा निर्वाचित भएका थिए । शेर्पालाई अहिले पनि पार्टीले वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार बनाएको छ । उनी जिरी २ यलुङका स्थायी बासिन्दा हुन् । शेर्पाले २०५९ सालमा अनेरास्ववियु क्रान्तिकारीमा रहेर राजनीतिक यात्रा सुरु गरेका थिए भने २०६४ सालमा तत्कालिन माली गाउँविकास समिति वाइसियलको सदस्य भएर काम गरेको थिए । यसैगरी, उनी २०७३ सालमा नेकपा माओवादी केन्द्र जिरी नगरकमिटिको सदस्य भएका थिए । जिरी १ का वडाध्यक्षका उम्मेदवार साङ्गे शेर्पा २०६० सालदेखि राजनितिक क्षेत्रका लागेका थिए । विद्यार्थी जिवनदेखि राजनितिमा रुचि राखेका उनी हाल वाइसियल दोलखाका संयोजकका रुपमा रहेका छन् । गत निर्वाचनमा पनि नेकपा माओवादी केन्द्रबाट जिरी १ को वडाध्यक्षका उम्मेदवार बनेका शेर्पा झिनो मतान्तरले पारजित भएका थिए ।

आसन्न स्थानीय तह निर्वाचनमा जिरी नगरपालिकामा माओवादी केन्द्रबाट वडाध्यक्षका लागि ५ जना चुनावी मैदानमा उत्रिएका हुन् । यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादीबाट जिरी नगरपालिका वडा नम्बर १, २, ३, ७ र ८ नम्बर वडामा उम्मेदवारी परेको छ । जसअनुसार वडा नम्बर १ मा साङ्गगे शेर्पा, वडा नम्बर २ मा ङिमपल्दे शेर्पा, वडा नम्बर ३ मा खेटराज घिमिरे, वडा नम्बर ७ मा शान्त नेपाली र वडा नम्बर ८ मा राम खत्री चुनावी मैदानमा उत्रिएका हुन् । अहिलेको निर्वाचनमा आफ्नो पक्षमा जित हात पार्ने उनीहरुको दावी छ ।

यसैगरी, जिरी ३ का वडाध्यक्षका उम्मेदवार खेटराज घिमिरे मालीका स्थायी बासिन्दा हुन् । उनी २०५५ सालदेखि राजनितिक क्षेत्रमा क्रियाशील छन् । गत निर्वाचनमा पनि माओवादी केन्द्रबाट जिरी ३ को सदस्य पदमा उम्मेदवार बनेका घिमिरे झिनो मतान्तरले पराजित भएका थिए । अहिले पनि घिमिरे माओवादी केन्द्रमै सक्रिय छन् । यसैगरी, जिरी ७ का वडाध्यक्षका उम्मेदवार शान्त नेपाली २०५७ सालदेखि माओवादी केन्द्रमा आवद्ध छन् । यसमा आवद्ध हुँदा उनी जिरी नगरकमिटिको पार्टी सचिवको रुपमा काम गरेका थिए भने दलितमुक्ति मोर्चाका केन्द्रिय सदस्य र जिल्ला समन्वय समिति दोलखाका सदस्य भएर समेत काम गरेका थिए ।

जिरी ८ का वडाध्यक्षका उम्मेदवार राम खत्री पनि २०५२ सालदेखि नेकपा माओवादी केन्द्रमा सक्रिय छन् । उनले सो समयदेखि नै माओवादी पार्टीमा लागेपनि यो निर्वाचनमात्रै वडाध्यक्षको उम्मेदवार बनेको बताएका छन् । अहिलेको निर्वाचनमा आफ्नो पक्षमा जित हात पार्ने उनीहरुको दावी छ ।