images
images

हेलिकप्टर दुर्घटना अपडेटः क्याप्टेनसहित २ जना गम्भीर घाइते

  • २२ बैशाख २०८०, शुक्रबार १४:४५

काठमाडौं । संखुवासभामा हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित २ जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परी क्याप्टेन विनोद पौडेल र स्थानीय भविन गुरुङ गम्भीर घाइते भएका हुन् । उनीहरुलाई नेपाली सेनाको टोलीले उद्धार गरेर उपचारका लागि पठाइएको छ । भोटखोला गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष विकास तामाङले हेलिकप्टरमा रहेका छिरिङ भोटे भने सकुशल रहेको बताउनुभयो । अरुण तेस्रो जलविद्युत आयोजनाको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको होे ।

आज दिउँसो सामान लाने क्रममा हेलिकप्टरको पंखा पहाडको भित्तामा ठोकिएर दुर्घटना भएको थियो । घटनास्थलमा अहिले नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका छन् ।