डडेल्धुरा । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।
दुर्घटनामा परी चालक धादिङको गजुरी गाउँपालिका–७ का ४० वर्षीय धिरज थापामगर र रोडाङ गाउँपालिकाका २७ वर्षीय विष्णु विकको मृत्यु भएको हो । सोही स्थानकै ३१ वर्षीय सुदिप विक र डडेल्धुराको नवदुर्गा गाउँपालिका–४ का २८ वर्षीय हिक्मत विक घाईते भएका हुन् । घाईते भएकाहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिल्लाको नवदुर्गा गाउँपालिका–४ सुरुडामा बागमती प्रदेश–०१–००१ क ९६५१ नम्बरको ट्याक्टर दुर्घटनामा २ जनाको मृत्यु भएको हो ।










