images
images

सुनको मुल्य फेरि घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • २२ बैशाख २०८३, मंगलवार ११:२२

भक्तपुर । मंगलबार सुनचाँदीको मुल्यमा भारी गिरावट आएको छ ।

सुनको मूल्य आज तोलामा ३८ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मूल्य घटेर सुनको भाउ आज तोलाको २ लाख ९१ हजार रुपैयाँमा झरेको छ।  हिजो सुनको भाउ तोलामा २ लाख ९४ हजार ८०० रुपैयाँ थियो। तीन दिनमा सुनको भाउ तोलाको ५१ सय रुपैयाँ घटिसकेको छ।

त्यसैगरी, चाँदीको भाउ पनि आज तोलामा १५० रुपैयाँ घटेर ४ हजार ८८० रुपैयाँमा झरेको छ। हिजो चाँदीको भाउ तोलाको ५ हजार ३० रुपैयाँ थियो।