भक्तपुर । व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा रिहा भएका छन् ।
जिल्ला अदालत काठमाडौँले अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति नदिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी)ले उनलाई रिहा गरेको हो ।
न्यायाधीश मोना सिंहको इजलासले गोल्छालाई हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गर्न नमिल्ने आदेश गरेको थियो। अदालतको आदेशसँगै व्यवसायी गोल्छा थुनामुक्त भएका हुन्। गोल्छालाई श्रीमती सीमा पन्त गोल्छाको जिम्मा लगाएर छोडिएको छ।
गोल्छा सर्वोच्च अदालतको परमादेशअनुसार धितोपत्र सम्बन्धी कसुरमा ५ लाख धरौटी बुझाएर रिहा भएलगत्तै हिजो बिमासम्बन्धी कसुरमा पक्राउ परेका थिए।
यसअघि व्यवसायी गोल्छालाई प्रहरीले यही वैशाख १४ गते पक्राउ गरेको थियो।



हाम्रो अपडेट 






