images
images

काभ्रेमा पहिरोले स्काभेटर पुर्यो, चालकको मृत्यु

भक्तपुर । मध्य पहाडी लोकमार्गमा सडक निर्माणको क्रममा पहिरो खस्दा स्काभेटर चालकको मृत्यु भएको छ ।

काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका–७ टाडिगाउँमा सडक खन्ने क्रममा पहिरोले स्काभेटर पुरिँदा रौतहटको पौराही गाउपालिका–३ घर भएका स्काभेटर चालक ४१ वर्षीय दीलिप स्मालीको मृत्यु भएको हो ।

मध्यपहाडी लोक मार्गको सडक खण्डमा सडक बढाउन ट्र्याक खन्ने क्रममा सडक माथिबाट ढुंगा सहितको ढिस्को खस्दा बा २ क २७९२ नम्बरको स्काभेटर पुरिएरको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।